आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको आजै राजीनामापछि फेरि प्रधानमन्त्री बन्ने यी नेताको भविष्यवाणी

केपी ओलीको आजै राजीनामापछि फेरि प्रधानमन्त्री बन्ने यी नेताको भविष्यवाणी

  • मिडिया डबली
  • सोमवार, बैशाख २७ २०७८

  • 5.4K
    SHARES

  • केपी ओलीको आजै राजीनामापछि फेरि प्रधानमन्त्री बन्ने यी नेताको भविष्यवाणी

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने समय नजिकिँदै गर्दा राजीनामादेखि फेरि प्रधानमन्त्री बन्नेसम्मको चर्चा सुरु भएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नै राजीनामा दिने भविष्यवाणी गरेका छन् । अध्यक्ष थापाले नाटकीय परिवर्तन नभएमा आज प्रधानमन्त्रीले विश्वासको मत गुमाउने र आज नै राजीनामा दिने ट्विटरमार्फत जनाएका छन् ।

    अध्यक्ष थापाले लेखेका छन्, ‘नाटकीय परिवर्तन भएन भने आज प्रम प्रधानमन्त्रीले संसदमा विश्वासको मत गुमाउनुहुनेछ । आजै राजीनामा आउला । फेरि प्रम बन्न सक्नुहोला । नतिजा जे भए पनि लिम्पियाधुरा सहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहने छ ।’

    विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) मजबुत रहेका बेला प्रतिनिधि सभामा ओलीले विश्वासको मत नपाउने अनुमान गरिएको छ ।

    kkka.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend