काठमाडौं – नेकपा एमालेभित्रै विवाद चर्किएका बेला आफ्ना माग पूरा गर्न नेता माधव नेपाल समूहका सांसदले दिएको अल्टिमेटम अवधि पूरा भएको छ ।
आज सोमबार बिहान ९ बजेसम्म अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्नतिर ध्यानै नदिएपछि नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।
नेपाल समूहका सांसदहरु राजीनामा दिन संसद भवन नयाँबानेश्वर जान लागेका जनाइएको छ ।
नेता नेपालले सहमतिका लागि ओलीसामु प्रस्तुत गरेका शर्तलाई बेवास्ता गरिएपछि सांसदहरु सामूहिक राजीनामा दिन संसद भवनतिर जान लागेका छन् ।
नेपाल समूहका कति सांसदले राजीनामा दिने भन्ने यकिन नभएपछि अधिकांश सांसदले राजीनामा दिने जनाइएको छ । हाल नेपाल समूहमा ३३ जना सांसद छन्, जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद छन् ।
आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्न दिउँसो प्रतिनिधिसभा बैठक बस्दैछ । त्यसअघि नै एमाले सांसदले राजीनामा दिइसक्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।