काठमाडौं – नेकपा एमालेभित्र असन्तुष्ट माधवकुमार नेपाल समूहका सांसदले आज आईतबार राजीनामा दिने चर्चा भएपनि अन्तिम समयमा आएर सरेको छ ।
नेपाल समूहको बैठकले आफ्ना माग पूरा गर्ने प्रतिवद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई भोलि सोमवार बिहान ९ बजेसम्मको म्याद दिएको छ । आईतबार साँझ सम्पन्न बैठकले ओलीलाई केही घण्टे म्याद दिएको छ ।
आज आईतवार साँझ सिंहदरबारमा बसेको वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहका सांसदको बैठकले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र आगामी दिनमा पार्टीलाई सहमतिका आधारमा चलाउने प्रतिवद्धता माग गरिएको छ ।
अध्यक्ष ओलीलाई भोलि सोमवार बिहानसम्मको समय दिने निर्णय गरिएको नेता योगेश भट्टराईले बताएका छन् ।
एमालेका प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरू सहभागी बैठक झण्डै साढे ३ घण्टासम्म चलेको र घनिभूत छलफल भएको जनाइएको छ । अध्यक्ष ओलीले माग पूरा नगरे कठोर निर्णय लिइने नेता भट्टराईले जानकारी दिए ।
असन्तुष्ट नेपाल समूहले भोलि सोमवार बिहान साढे ९ बजे आफ्नो समूहका सबै सांसदहरूलाई संसद् सचिवालयमा बोलाएको छ । संसद सचिवालयमा भेला भएर सबैले सामूहिक राजीनामा दिने चर्चा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।