काठमाडौं – सत्ता समीकरण फेरबदलको चर्चा चलिरहेका बेला निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक सकिएको छ ।
बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा आफ्ना सांसदहरूलाई ह्वीप जारी नगर्ने निर्णय गरेको छ ।
जसपाको आज आईतवार बसेको पदाधिकारी बैठकले भोलि सोमवार संसदमा हुने मत विभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा ह्वीप जारी नगर्ने निर्णय गरेको छ ।
जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने पक्षमा रहेको छ । अर्का अध्यक्ष महन्थ ठाकुर लगायतको समूह विश्वासको मत दिने पक्षमा रहेको छ ।
पार्टीभित्र विवाद बढ्ने देखिएपछि मध्यमार्गी नीति लिँदै सांसदहरूलाई ह्वीप जारी नगर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।
‘विश्वासको मतको पक्ष, विपक्ष वा तटस्थ बस्नेबारे पार्टीको कुनै निर्णय छैन । सांसदहरूलाई पार्टीले ह्वीप जारी गर्दैन । जे परिणाम आउँछ स्वीकार्छाैं,’ बैठकमा सहभागी एक नेताले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।