काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएका बेला भोलि सोमबार प्रतिनिधिसभा बैठकमा पेश हुने प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी भएको छ ।
एमालेको माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै राजीनामा दिने वा ओलीको विपक्षमा मतदान गर्ने चर्चाबीच एमालेले ह्वीप जारी गरेको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेका सांसदहरूलाई पत्र लेखेर भोलि सोमवारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन ह्वीप जारी गरेका छन् ।
एमालेले ह्वीप जारी गरेको अवस्थामा असन्तुष्ट माधवकुमार नेपाल पक्षले के गर्छन् ? हेर्न बाँकी छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।