काठमाडौं – नेकपा एमालेबाट मुख्यमन्त्री रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री गुरुङमाथि प्रदेश सभामा अविश्वास प्रस्ताव पेश भएको र भोलि सोमबार निर्णयार्थ पेश हुने तयारीमा रहेका बेला राजीनामा आएको हो ।
अविश्वासको प्रस्तावमाथि भोलि सोमवार मतदान हुने कार्यसूची रहेको थियो ।
गत हप्ता गण्डकी प्रदेश प्रमुखमा नेकपा एमालेकी नेत्री सीता पौडेललाई नियुक्त गरिएको थियो ।
यसअघि लुम्बिनी प्रदेशमा समेत मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर केही घण्टापछि पुनः मुख्यमन्त्रीको शपथ लिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।