काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर गम्भीर प्रश्न गरेका छन् ।
कोरोना भाइरस संक्रमणको महामारीमा अत्यावश्यक अक्सिजनको आपूर्तिमा समस्या देखिएपछि नेता थापाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।
सांसद थापाले सामाजिक सञ्जालमार्फत सोधेका छन्, ‘प्रधानमन्त्रीज्यू केही दिनअघिसम्म अक्सिजनमा समस्या छैन, सिलिन्डरको कमी हो, भर्न अभाव हुँदैन भनेर प्रचारबाजी हुँदैथियो । अहिले काठमाडौं बाहिर मात्र हैन, भित्रकै कयौं अस्पतालमा अक्सिजन पुनः भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन् । आजका दिनमा योभन्दा आकस्मिक कार्य के छ तपाईंको ?’
कोरोना संक्रमणको उपचारका लागि अत्यावश्यक अक्सिजनको सहज आपूर्ति नहुँदा कतिपय अस्पतालले नयाँ बिरामी भर्ना नगर्ने घोषणा समेत गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।