आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटारभित्र माधव नेपाल समूहका ‘सेलिब्रेटी’ नेताहरूको भेला, के हुँदैछ यस्तो ?

बालुवाटारभित्र माधव नेपाल समूहका ‘सेलिब्रेटी’ नेताहरूको भेला, के हुँदैछ यस्तो ?

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २४ २०७८

  • 5.4K
    SHARES

  • बालुवाटारभित्र माधव नेपाल समूहका ‘सेलिब्रेटी’ नेताहरूको भेला, के हुँदैछ यस्तो ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेभित्र विभाजनको अन्तिम अभ्यास भइरहेका बेला असन्तुष्ट माधवकुमार नेपाल समूहका ‘सेलिब्रेटी’ नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भेला गरेका छन् ।

    पार्टी पार्टीको एकता जोगाउने अन्तिम प्रयासस्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा माधव नेपाल समूहका दोस्रो तहका नेताहरू भेला भएका हुन् ।

    वार्ताका लागि माधवकुमार नेपाल समूहका सेलिब्रेटी नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई आज शुक्रबार दिउँसैदेखि बालुवाटारमा भेला भएका स्रोतले जनाएको छ ।

    छलफलमा अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरू सहभागी रहेका छन् ।

    एमाले स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायतका नेता समेत एमालेको एकता जोगाउने छलफलमा सहभागी रहेका स्रोतले जनाएको छ । नेपाल समूहका ४ नेतासँग केही दिनयता अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री पौडेलले निरन्तर छलफल गरिरहेका जनाइएको छ ।

    यसैबीच, पार्टी महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

    पार्टी एकता कायम गर्न राष्ट्रपति भण्डारीले एमालेका शीर्ष नेताहरूसँग छलफल जारी राखेका बेला पोखरेल शितलनिवास पुगेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend