काठमाडौं – नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच झगडा चर्किएर पार्टी विभाजनको अवस्थामा पुगेका बेला पार्टीभित्र छुट्टै धार देखिएको छ ।
विवाद चर्किएका बेला पार्टी जोगाउनुपर्ने भन्दै गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षले आज शुक्रवार संयुक्त विज्ञप्ति निकालेका छन् ।
जिल्ला अध्यक्षहरूले नेकपा एमाले पार्टी जीवन्त गतिशील पार्टी रहेको भन्दै पार्टीभित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरविरोध देखापरिरहेकाले अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्याइरहेको महसूस गरेको जनाइएको छ ।
‘कम्युनिस्टको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेतालाई एकतावद्ध भई नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं,’ संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा जिल्ला अध्यक्षहरू कास्कीका कृष्णबहादुर थापा, स्याङ्जाका सूर्यप्रसाद शर्मा ‘पारस’, तनहुँका केदार सिग्देल, लमजुङका धनञ्जय दवाडी, गोरखाका प्रेमबहादुर गुरुङ, पर्वतका पदम गिरी, बाग्लुङका इन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ, मुस्ताङका चन्द्रमोहन गौचन, मनाङका पाल्देन छोपेन गुरुङ र नवलपुरका रोशन गाहाले हस्ताक्षर गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।