आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई माधव नेपालको धक्का, सहमतिको प्रचारबाजीमा उथलपुथल

केपी ओलीलाई माधव नेपालको धक्का, सहमतिको प्रचारबाजीमा उथलपुथल

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २४ २०७८

  • 5.2K
    SHARES

  • केपी ओलीलाई माधव नेपालको धक्का, सहमतिको प्रचारबाजीमा उथलपुथल

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट नेता माधवकुमार नेपालसँग सहमति भइसकेको प्रचारबाजी भइरहेका बेला नयाँ मोड आएको छ ।

    ओलीलाई धक्का लाग्ने गरी नेता नेपालले कुनै सहमति नभएको स्पष्ट पारेका छन् । 

    नेता नेपालले २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै बटमलाइन रहेको स्पष्ट पारेका छन् । आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै नेता नेपालले कुनै भ्रममा नपर्न आग्रह गरे ।

    बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीसँग भेटवार्ता भएपछि सहमति भएको चर्चा चलेका बेला नेता नेपालले कुनै सहमति नभएको जनाएका हुन् ।

    ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं । किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’

    राष्ट्रियसभा सदस्यको उपनिर्वाचन र प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा एमालेमा सहमतिको प्रयास भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend