काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर विभाजनको अवस्थामा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मध्यराति शितलनिवासमा भेटवार्ता भएको खुलासा भएको छ ।
दुबै नेताबीच निर्णायक ठानिएको छलफल मध्यराति १२ बजेसम्म चलेको स्रोतले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर शितलनिवास पुगेका माधव नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री ओली समेत छलफलमा सहभागी भएका थिए । यसरी छलफल त्रिपक्षीय बनेको थियो ।
दुबै नेताबीच राष्ट्रपति भण्डारीको उपस्थितिमा सहमति नजिक पुगेको जनाइएको छ । नेता नेपालले ओलीबाट थप कारवाही नहुने ग्यारेन्टी राष्ट्रपति भण्डारीको उपस्थितिमै चाहेको र सहमतिको दिशामा अघि बढेको जनाइएको छ ।
राष्ट्रपति भण्डारीले ओली र नेता नेपालसँग बिहीबार अलग–अलग छलफल समेत गरेकी हुन् । ‘मध्यरातिसम्म शितलनिवासमा भएको छलफलले नयाँ घटनाक्रमतर्फ अघि बढाएको छ । अहिले प्रधानमन्त्री आन्तरिक छलफलमा हुनुहुन्छ, सम्भवतः केही नयाँ सन्देश आउने छ,’ स्रोतले भन्यो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।