आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली र माधव नेपालबीच टेलिफोन वार्ता, एमालेमा सहमतिको अर्कै खेल !

केपी ओली र माधव नेपालबीच टेलिफोन वार्ता, एमालेमा सहमतिको अर्कै खेल !

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २४ २०७८

  • 8.6K
    SHARES

  • केपी ओली र माधव नेपालबीच टेलिफोन वार्ता, एमालेमा सहमतिको अर्कै खेल !

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर फुटको अवस्थामा पुगेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ ।

    विवाद समाधान गर्न दोस्रो तहका नेताहरू सक्रिय रहेका बेला ओली र नेपालबीच टेलिफोन वार्ता भएको हो । नेताहरूले आज शुक्रबार ओली र नेपालबीच निर्णायक वार्ता गराउने प्रयास गरेका छन् ।

    एमाले महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेलले अस्ति बुधबार र हिजो बिहीबार माधव नेपाल पक्षका युवा नेतासँग छलफल गरे । अर्थमन्त्री विष्णु पौडेल र सुवास नेम्वाङले ओली र नेपालबीच पनि छलफल गराउने प्रयास गरिरहेका छन् ।

    संवादको ठाउँ राख्न एमालेले राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार तय गरिसकेको छैन । यसअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने भनिएपनि अन्तिममा एमाले अनिर्णित बनेको छ । आज शुक्रबार उम्मेदवारी दर्ता गरिँदैछ ।

    नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरू एमाले विभाजन रोक्न अध्यक्ष ओलीसहित संस्थापन पक्षका नेतासँग छलफलमा रहेका छन् ।

    ‘अहिले प्रधानमन्त्रीज्यू छलफलमै हुनुहुन्छ । हिजो माधव कमरेडसँग उहाँले टेलिफोनमा कुरा गर्नुभएको छ,’ नेता नेम्बाङले भने, ‘नेताहरूबीच कुराकानी भइरहेको छ । एउटा विन्दुमा पुगेर पार्टीलाई मिलाउनैपर्छ ।’

    नेता नेपालले ओलीलाई मिल्नका लागि कार्यसूचीसहित वार्ता हुनुपर्ने बताएका छन् । वार्तामा सहभागी नेताहरूका अनुसार अब मिल्न बाँकी भनेको २०७५ जेठ २ गतेअघिको एमालेको केन्द्रीय कमिटी बैठक बस्ने कि माओवादीबाट एमाले भएका नेताहरू सहितको बैठक भन्नेमा विवाद रहेको छ ।

    नेपालले माओवादीसँग एकीकरण हुनुअघि २०७५ जेठ ३ गते थपिएका ४१ केन्द्रीय सदस्य पनि अस्वीकार गर्दै आएका थिए । तर नेपाल पक्षकै नेताहरूले ती सदस्य एमालेबाटै नेकपाको केन्द्रीय कमिटीमा एकीकृत भएका भन्दै उनीहरू सहितको बैठक बस्न नेता नेपाललाई मनाएका छन् ।

    नेकपा माओवादी केन्द्रबाट थपिएका २३ केन्द्रीय सदस्यलाई पनि साविक एमालेको स्थायी कमिटी बैठक वा पदाधिकारी बसेर मनोनयन गर्ने मध्यमार्गी प्रस्तावमा दोस्रो तहका नेताहरू सहमत भएका छन् ।

    अध्यक्ष ओलीले चाहेमा अब विवाद मिल्न समस्या नरहेको नेपाल पक्षका नेताहरूको बुझाइ छ । एमाले विवाद आजै नटुंगिएपनि राष्ट्रिय सभामा पार्टीको आधिकारिक उम्मेदवार तय गरेर एकताको एक कदम चाल्न सकिने विकल्पमा समेत छलफल भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend