सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

काठमाडौंको होटलमा पाक्दैछ एमालेको नयाँ खिचडी !

काठमाडौंको होटलमा पाक्दैछ एमालेको नयाँ खिचडी !

  • मिडिया डबली
  • बिहिवार, बैशाख २३ २०७८

  • 7.8K
    SHARES

  • काठमाडौंको होटलमा पाक्दैछ एमालेको नयाँ खिचडी !

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर विभाजनको अन्तिम अभ्यास भइरहेका बेला पार्टीका नेताहरू नयाँ खिचडी पकाउन जुटेका छन् ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतबीच देखिएको विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रिय भएका छन् ।

    काठमाडौंको नक्सालस्थित होटल मेरियटमा ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल र नेपाल पक्षबाट नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच आधा घण्टा छलफल भएको छ ।

    बिहीबार अपराह्न साढे ४ बजेदेखि भएको कुराकानी ठोस निष्कर्षमा नपुगेपनि छलफललाई निरन्तरता दिने सहमति बनेको नेता पाण्डेले जानकारी दिए ।

    ‘उहाँले ४ बजे भेटौं भन्नुभएको थियो । भेटमा ठोस प्रस्ताव केही थिएन । उही भेटौं मात्रै भन्नुभएको थियो । म र गोकर्ण विष्ट गएका थियौं । हामीले प्रस्ट ढंगले हाम्रा कुरा राख्यौं । उहाँले छलफललाई निरन्तरता दिऔं भन्नुभयो,’ पाण्डेले भने ।

    नेता पाण्डेले आजको भेटले समस्याको हल नगरे पनि कुराकानी शुभारम्भ भएको बताएका छन् । समस्याको समाधानको बिन्दु २०७५ जेठ २ गतेकै अवस्थामा पुग्नु भएकाले पुरानै अवस्थामा फर्कन ओली राजी भए निकास निस्कने कुरा दोहोर्‍याएको पाण्डेले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गतेको तिथि नजिकिँदै गर्दा राजनीतिक वृत्तमा दौडधुप समेत तीब्र भएको छ । बिहीबारै साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता माधवकुमार नेपाल र भीम रावलबीच बुढानिलकण्ठमा छलफल भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend