आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीसँग ‘फाइनल’ कुरा गर्न शितलनिवास पुगे माधव नेपाल

विद्या भण्डारीसँग ‘फाइनल’ कुरा गर्न शितलनिवास पुगे माधव नेपाल

  • मिडिया डबली
  • बिहिवार, बैशाख २३ २०७८

  • 7.8K
    SHARES

  • विद्या भण्डारीसँग ‘फाइनल’ कुरा गर्न शितलनिवास पुगे माधव नेपाल

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद परेर विपक्षी गठबन्धनसँग निकट रहेका माधवकुमार नेपाल एमाले पार्टीबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग फाइनल कुरा गर्न शितलनिवास पुगेका छन् ।

    तत्कालीन नेकपाभित्र विवाद चर्किएका बेला राष्ट्रपति भण्डारीले समन्वय गर्ने गरेकी थिइन् । भण्डारीलाई ओली निकट मानिन्छ । ओलीका व्यवहारले वाक्क भएका नेता नेपाल फाइनल कुरा गर्न राष्ट्रपति भण्डारीलाई भेट्न गएका स्रोतले जनाएको छ ।

    आसन्न राष्ट्रियसभा उपनिर्वाचनमा नेता नेपाल पक्षले आफ्ना उम्मेदवार खिमलाल देवकोटालाई नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडाउने तयारी गरेको छ । यस्तो बेला एमाले पार्टी छाड्नैपर्ने भएपछि अन्तिममा राष्ट्रपति भण्डारीसँग कुरा गर्न माधव नेपाल शितलनिवास पुगेका हुन् । 

    यसअघि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको आकस्मिक स्थायी कमिटी बैठक सकेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

    प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन वैशाख २७ गते नजिकिँदै गर्दा राजनीतिक दौडधुप तीब्र भएको छ । एमालेकै नेता नेपाल पक्षले ओलीको विपक्षमा मतदान गर्ने वा मतदान हुनुअघि नै सामूहिक राजीनामा दिनसक्ने चर्चा छ ।

    आज बिहीवार साँझ नेता नेपालले प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत भेटवार्ता गरेका छन् । देउवालाई भेटेर नेता नेपाल शितलनिवास जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend