काठमाडौं – प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सहयोगका लागि हारगुहार गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुगे । तर देउवाले बदनाम भइसकेका ओलीलाई सहयोग गर्नै नसकिने जवाफ दिए ।
त्यसको भोलिपल्ट बिहीबार ओलीकै पार्टीका अर्का नेता माधवकुमार नेपाल राजनीतिक छलफलका लागि देउवानिवास बुढानिलकण्ठ पुगेका छन् । कुनै बेला कांग्रेसलाई बत्ती बालेर खोज्नुपर्ने बताउने दाबी गर्ने कम्युनिस्टहरू हिजोआज दिनदिनै पालैपालो कांग्रेसको शरणमा पुगिरहेका छन् ।
कांग्रेस सभापति देउवा र एमाले नेता नेपालबीच आज भेटवार्ता भएको छ । पछिल्लो समय कांग्रेस र नेकपा माओवादी केन्द्र सहितको गठबन्धनसँग नजिक रहेका नेपाल सभापति देउवा भेट्न बूढानिलकण्ठ पुगेका थिए ।
भेटवार्तामा समसामयिक राजनीतिक विषयका साथै राष्ट्रियसभा उपनिर्वाचन लगायत विषयमा छलफल भएको बुढानिलकण्ठ स्रोतले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।