आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीलाई भेटेलगत्तै केपी ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

विद्या भण्डारीलाई भेटेलगत्तै केपी ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

  • मिडिया डबली
  • बिहिवार, बैशाख २३ २०७८

  • 8.0K
    SHARES

  • विद्या भण्डारीलाई भेटेलगत्तै केपी ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीवार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

    आज बिहीवार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

    यसअघि आजै बिहान नेपाल एमालेको आकस्मिक स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवास पुगेका थिए ।

    मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

    मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेपछि थप महत्त्वपूर्ण निर्णय हुनसक्ने चर्चा समेत सुरू भएको छ । यसअघि भएको मन्त्रिपरिषद् बैठकअघि ओलीले भण्डारीलाई भेटेपछि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वानदेखि विवादित अध्यादेश जारीसम्मका निर्णय भएका थिए ।

    आज बिहीबारै बिहान बसेको नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठकमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा बागमतीबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउनेबारे निर्णय हुने चर्चा थियो । यसअघि एमालेले बादललाई नै उम्मेदवार बनाउने गरी छलफल गरिरहेको थियो ।

    तर आकस्मिक बैठकमा यससम्बन्धी निर्णय रोकिएको छ । बैठकले गृहमन्त्री बादललाई उम्मेदवार बनाउनुअघि मत विश्लेषण गर्ने भएको छ । नेकपा माओवादी केन्द्रले बादललाई कारवाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।

    बिहीबार बसेको स्थायी कमिटी बैठकमा राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारबारे समग्र छलफल भएको र उम्मेदवारको निर्णय १–२ दिनमा हुने एक नेताले जानकारी दिए ।

    बैठकमा बागमती प्रदेशभित्र एमालेको एकल बहुमत रहेपनि माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई माओवादीको चुनाव चिह्नबाट लडाउने निर्णय गरेकाले काटिने भोटबारे छलफल भएको जनाइएको छ ।

    एमालेले आगामी बैठकमा नेता माधवकुमार नेपाल पक्षमा लाग्ने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको संख्या हेरेर थप निर्णय गर्ने भएको छ । राष्ट्रियसभा चुनावमा फ्लोर क्रस गर्ने र एमाले उम्मेदवारलाई नसघाउने सम्भावना रहेका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई कारवाही गर्नेसम्मको छलफल भएको स्रोतले जनाएको छ ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीका उम्मेदवारको जित सुनिश्चित हुने गरी जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend