काठमाडौं – सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिने प्रस्तावबारे सबै दलसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको बैठकले सबै दलसँग छलफल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
बिहीवार बिहान एमालेको आकस्मिक स्थायी कमिटी बैठक बालुवाटारमा बसेको हो । बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका छन् ।
बालुवाटारमा भएको बैठकमा संसदबाट विश्वासको मत लिन बैशाख २७ गते तय गरिएको प्रतिनिधिसभा बैठक, दलहरुसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको जनाइएको छ ।
यसअघि बुधबार प्रधानमन्त्री ओली सहयोग माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।