काठमाडौं – लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन जेठ १७ गते हुने भएको छ ।
सरकारको सिफारिसमा निर्वाचन आयोगले उपनिर्वाचनको प्रक्रिया अगाडि बढाएको छ ।
अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित भएका चन्द्रबहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा पद रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो ।
राष्ट्रियसभा सदस्य पद रिक्त भएको ३५ दिनभित्र चुनाव भइसक्नुपर्ने प्रावधान रहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।