काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘प्लान’ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले नेता माधवकुमार नेपाल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमा लिने विश्वासको मतलाई असफल बनाउनेबारे रणनीति बनाउन नेताहरूबीच छलफल भइरहेको जनाइएको छ ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको छलफलमा उनले प्रतिनिधि सभामा बहुमत पुग्ने सुनिश्चितता खोजेका थिए । त्यसपछि एमालेमा नेपाल समूहका सांसदलाई राजीनामा गराएर भएपनि बहुमत पुर्याउने विषयमा नेताहरूबीच छलफल भइरहेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव ओलीको बहिर्गमनको पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर ओलीलाई प्रधानमन्त्रीको रूपमा निरन्तरता दिने पक्षमा रहेका छन् ।
नेकपा माओवादीले बुधवार नै प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको विश्वास मतमा के गर्ने भनेर आधिकारिक निर्णय गरिसकेको छैन । तर प्रचण्ड र उपेन्द्रसँग छलफलमा रहेकाले सांसदहरूको सामूहिक राजीनामा आउनसक्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।