आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेरबहादुर देउवा र प्रचण्डको गोप्य योजनामा एमालेभित्र ठूलो विद्रोह, केपी ओलीलाई आपत !

शेरबहादुर देउवा र प्रचण्डको गोप्य योजनामा एमालेभित्र ठूलो विद्रोह, केपी ओलीलाई आपत !

  • मिडिया डबली
  • बुधवार, बैशाख २२ २०७८

  • 8.7K
    SHARES

  • शेरबहादुर देउवा र प्रचण्डको गोप्य योजनामा एमालेभित्र ठूलो विद्रोह, केपी ओलीलाई आपत !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजनामा नेकपा एमालेभित्र ठूलो विद्रोह हुने भएको छ ।

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देउवा र प्रचण्डसँग गोप्य छलफल गरेर एमाले सांसदको सामूहिक राजीनामा गराउने तयारी गरेका छन् ।

    गोप्य छलफलमा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामूहिक मोर्चा बनाउन माधव नेपालसहित विपक्षी दलहरू सहमत भएको छ । नेता नेपालको नेतृत्वमा एमालेभित्र ठूलो विद्रोह हुने भएपछि प्रधानमन्त्री ओली आपतमा परेका छन् ।

    पार्टी पदाधिकारी बैठकबाट प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा राख्ने विश्वासको मत लिने प्रस्ताव असफल गर्ने निर्णय गर्नुअघि सभापति देउवा, प्रचण्ड, नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच गोप्य भेटवार्ता भएको खुलासा भएको छ । गत सोमबार साँझ काठमाडौंको महाराजगञ्जमा भएको भेटलाई नेताहरूले गोप्य राखेका छन् ।

    प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिने प्रस्ताव अगाडि बढाएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपाको यादव–भट्टराई समूहबीच गम्भीर छलफल भइरहेको छ । यसको तयारीस्वरूप सोमबार साँझ नेताहरुबीच गोप्य छलफल भएको जनाइएको छ ।


    सोमबार साँझ महाराजगञ्जस्थित प्रमोद राणाको निवासमा शीर्ष ४ नेताहरूबीच भेटवार्ता भएको नेता गगनकुमार थापाले बताएका छन् । प्रदेशमा कांग्रेस र माओवादी सहितको गठबन्धन निर्माणको परिस्थिति पनि राणा निवासमा भएको छलफलले तय गरेको जनाइएको छ । 

    भेटमा देउवाले नेता नेपाललाई सांसदहरूको राजीनामाबारे अन्तिम निर्णय दिन भनेका थिए । ‘तपाईंका दोस्रो तहका नेता उता (केपीसँग) कुरा गरिरहेका छन्, ओली पक्षका दोस्रो तहमा नेता समेत यसमा लागिरहेको देखिन्छ,’ देउवाले माधव नेपाललाई भनेका छन्, ‘यता कुराकानीकै भरमा कसरी निर्णयमा पुग्ने ? यता कुरा गर्‍यो, उता उनीहरुको कुरा मिलिदियो भने सिद्धिएन ?’

    शीर्ष नेताबीचको छलफलमा प्रचण्ड, नेपाल र यादवले २७ गतेअघि नै ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि सभापति देउवालाई अग्रसर हुन आग्रह गरेको जनाइएको छ ।

    सभापति देउवाले भने नेपाल समूहले राजीनामाको निर्णय लिएपछि मात्र अविश्वासको प्रस्तावमा प्रवेश गर्नु उचित हुने राय राखेका छन् । नेपाल समूहका दोस्रो तहका नेताहरूले प्रधानमन्त्री ओलीसँग समेत संवाद गरिरहेकाले देउवाले पहिला राजीनामा आउनुपर्ने बताएका छन् ।

    नेता नेपालले आफूहरू ओलीसँग कुनै पनि हालतमा नजाने विश्वास दिलाउन खोजेका थिए । त्यसपछि देउवाले भने, ‘हामीले सांसद पद छोड्यौ भनेर राजीनामा लिएर आउनुहोस् ।’

    छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो समूहसँग पार्टीमा बहुमत सांसद रहेका दाबी गर्दै एमालेको नेपाल समूहका १५ बढी निर्वाचित सांसदले राजीनामा दिएमा विपक्षी गठबन्धनमा बहुमतको कमी नहुने राय राखेका थिए ।

    छलफलमा नेता नेपालले एमाले पार्टीभित्र सामूहिक राजीनामाको सम्भावना रहेको बताएका छन् । त्यसपछि देउवाले एमाले सांसदको राजीनामा आएर बहुमत पुग्ने स्थिति भए अविश्वासको प्रस्ताव दर्ता गराउन तयार रहेको बताएका थिए । शीर्ष नेताहरूबीच एमाले सांसदको राजीनामापछि प्रतिनिधि सभामा बहुमत पुर्‍याएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने सहमति बनेको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend