आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले सरकारमा दिनदिनै थपिँदै नयाँ मन्त्री, आज यी ३ जना नियुक्त

एमाले सरकारमा दिनदिनै थपिँदै नयाँ मन्त्री, आज यी ३ जना नियुक्त

  • मिडिया डबली
  • मंगलवार, बैशाख २१ २०७८

  • 5.6K
    SHARES

  • एमाले सरकारमा दिनदिनै थपिँदै नयाँ मन्त्री, आज यी ३ जना नियुक्त

    काठमाडौं – सत्ता समीकरण फेरबदलको विवादका बीच फेरि लुम्बिनीका मुख्यमन्त्री बनेर सरकार चलाइरहेका शंकर पोखरेलले आईतवारदेखि दिनदिनै नयाँ–नयाँ मन्त्री नियुक्त गरिरहेका छन् । 

    मुख्यमन्त्री पोखरेलले मंगलवार थप ३ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    मुख्यमन्त्री पोखरेलले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्री, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    आचार्य र श्रेष्ठ एमाले सांसद हुन् भने श्रीवास्तव सूर्य चिह्नबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेर सांसद बनेका हुन् । श्रीवास्तवले गत आईतवार विपक्षी गठबन्धनमा हस्ताक्षर गरे पनि सोमवार पुन पोखरेललाई समर्थन गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए ।

    नयाँ मन्त्रीहरूको शपथ भने बुधवार हुने भएको छ । यससँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।

    mini.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०८:५५:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend