काठमाडौं - प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रबाट राजनीतिक नियुक्ति पाएका सबैलाई हटाउने अभियान सुरु गरेका छन् ।
सोमबार मात्रै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका माओवादी निकट प्रदेश प्रमुखलाई ओलीले पदमुक्त गरेका थिए ।
सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले माओवादी कोटामा नियुक्त भएका अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेपछि खुमलटारमा अर्को भुइँचालो गएको छ ।
सरकारले २०७६ को असोजमा दाहाललाई अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो । उनी लामो समय कांग्रेसमा आबद्ध थिए ।
माओवादी प्रवेश गरेलगत्तै उनलाई राजदूत नियुक्त गरिएको थियो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भतिज हुन् ।
नेकपा एकता सर्वोच्च अदालतको आदेशबाट भंग भएपछि माओवादी कोटामा राजदूत बनेकाहरुलाई सरकारले फिर्ता बोलाउन थालेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।