मंगलवार, जेठ ४ २०७८May 18 2021

Logo
images
images
images
images

केपी ओलीको त्यो कदमले जुटेको जसपा ओलीकै चक्करमा फुट्दै

केपी ओलीको त्यो कदमले जुटेको जसपा ओलीकै चक्करमा फुट्दै

  • मिडिया डबली
  • मंगलवार, बैशाख २१ २०७८

  • 708
    SHARES

  • केपी ओलीको त्यो कदमले जुटेको जसपा ओलीकै चक्करमा फुट्दै

    काठमाडौं – सत्ता समीकरण फेरबदलको कसरत भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई राजधानी काठमाडौं आउन निर्देशन दिएका छन् ।

    संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले गत बैशाख १४ गते पार्टी कार्यकारिणी समिति बैठक बसेर ‘आफ्नो पक्षमा बहुमत सदस्य रहेको’ दाबी गरेपछि ठाकुर–महतो पक्षले आफूनिकट नेतालाई काठमाडौं बोलाएका छन् ।

    images
    images

    बबरमहलस्थित तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल कार्यालयमा बसेको अनौपचारिक बैठकले पार्टी संघीय सांसद र कार्यकारिणी समिति सदस्यलाई तत्काल काठमाडौं बोलाउने निर्णय गरेको छ ।

    ठाकुरनिकट एक नेताका अनुसार पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि नेतालाई काठमाडौं बोलाउने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास मत दिने कि नदिने र लुम्बिनी प्रदेश प्रकरणबारे छलफल गरेर अगामी रणनीति बनाउन नेतालाई बोलाइएको छ ।

    भट्टराई, यादव र राई पक्षले गत बैशाख १४ गते कार्यकारिणी समितिको बहुमत सदस्य बैठक राखेर लुम्बिनी प्रदेशका आफ्ना ४ सांसदलाई कारवाही र प्रधानमन्त्री ओलीको विकल्पमा नयाँ सरकार बनाउने निर्णय सार्वजनिक गरेपछि थप रणनीति बनाउन ठाकुर–महतो पक्ष जुटेको छ ।

    प्रधानमन्त्री ओलीको विकल्पमा प्रमुख प्रतिपक्षी कांग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने रणनीतिमा भट्टराई, यादव र राई पक्ष रहेको छ । यादव निकटका नेताका अनुसार ओली सरकारलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने भएकाले नयाँ सरकार निर्माणमा आफूहरु अघि बढ्ने बहुमत सदस्यले निर्णय गरिसकेका छन् ।

    लुम्बिनी प्रदेशमा ओली निकटका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका ठाकुरनिकट ४ सांसदलाई यादव पक्षले कारबाही गरिसकेको छ । कारवाही भएको सूचना प्रदेश संसद् सचिवालयले सार्वजनिक गरेकै दिन ठाकुरले कोही कसैलाई कारबाही नगरिएको पत्र सभामुखलाई पठाएका थिए ।

    जसपा कार्यकारिणी समिति सदस्य रामसहाय यादवले गत वैशाख १४ गते पार्टीले गरेको निर्णय सबैले कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् । बैठक बस्ने विषयमा छलफल हुँदा नबस्ने केही नेताले अडान लिएपछि बहुमत सदस्य बैठक बसेर निर्णय गरेपछि त्यही नै आधिकारिक भएको दावी उनले गरेका छन् ।

    तर जसपा कार्यकारिणी समितिका अर्का सदस्य लक्ष्मणलाल कर्णले बैठकका नाममा घरघर पुगेर हस्ताक्षर संकलन र पार्टीको निर्णय भन्नु फर्जी काम भएको बताएका छन् । गत बैशाख १४ गते पार्टीको कुनै पनि बैठक नै नबसेको बताउँदै उनले केही नेताबाट फर्जी काम भएकाले स्वीकार गर्न नसकिने प्रष्ट पारेका छन् ।

    पछिल्लो समय जसपाभित्र दुबै पक्षले आफूहरु बहुमतमा रहेको दाबी गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले गत २०७७ बैशाखमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि रातारात राजपा र समाजवादी पार्टीबीच एकीकरण भएको थियो ।

    २०७७ बैशाख १० गते अध्यादेशका कारण एकीकरण भएको जसपा १ वर्षपछि फेरि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विवादले फुटउन्मुख देखिएको छ ।

    ठाकुर र महतो समूहले प्रधानमन्त्री ओली मधेशका माग सम्बोधन गरिरहेकाले समर्थन गर्ने पक्षमा रहेका छन् भने भट्टराई, यादव र राई पक्ष ओली प्रतिगामी भएकाले उनको विकल्प खोजी गरेको छ ।

    आगामी बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि सो विषयलाई लिएर जसपा स्पष्ट रुपमा २ ध्रुुवमा विभाजित भएको छ । दुबै समूह बहुमत जुटाउने कसरतमा रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology