काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ प्रदेश प्रमुखका लागि गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रमुख प्रमुख सिफारिस भएकी पौडेल अखिल नेपाल महिला संघकी अध्यक्ष रहेकी थिइन् भने यादव पूर्व उपसभामुख रहेका थिए ।
यसअघि ओली सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरिसकेको छ ।
शेरचन र त्रिपाठी नेकपा एकता कायम रहेको समयमा माओवादी कोटाबाट प्रदेश प्रमुख भएका थिए । ओली सरकारले यसअघि माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई पनि हटाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।