आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको आकस्मिक बैठकका यी हुन् निर्णयहरू, कठिन लडाइँमा लाग्न देशभरका कार्यकर्तालाई निर्देशन

एमालेको आकस्मिक बैठकका यी हुन् निर्णयहरू, कठिन लडाइँमा लाग्न देशभरका कार्यकर्तालाई निर्देशन

  • मिडिया डबली
  • आइतवार, बैशाख १९ २०७८

  • 4.0K
    SHARES

  • एमालेको आकस्मिक बैठकका यी हुन् निर्णयहरू, कठिन लडाइँमा लाग्न देशभरका कार्यकर्तालाई निर्देशन
    फाइल तस्वीर

    काठमाडौं – लुम्बिनी प्रदेशमा सत्ता संकट गहिरिएका बेला आकस्मिक रूपमा बसेको नेकपा एमाले बैठकले कोरोना भाइरस संक्रमणको कठिन लडाइँमा लाग्न देशभरका कार्यकर्तालाई निर्देशन दिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयार पार्न ओली सरकारलाई सुझाव समेत दिएको छ ।  

    प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार महामारीको रूपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयार गर्न र संक्रमणविरुद्ध एकजुट भएर लाग्न देशभरका सबै पार्टी पंक्तिलाई आह्वान गर्दै बैठक सकिएको छ ।

    प्रवक्ता ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘बैठकले कोभिड बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरू, उपकरण, खोप अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीब्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ प्रवक्ता ज्ञवालीले भने, ‘समग्र पार्टी पंक्तिलाई कोभिड विरुद्धको यस कठिन लडाइँमा स्वयंसेवी रूपमा परिचालित हुन पनि आह्वान गरेको छ ।’

    एमाले बैठकमा लुम्बिनी प्रदेशको बारेमा समेत छलफल भएको र त्यसलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेकाले आजको एमाले बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    um.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend