काठमाडौं - प्रधानमन्त्री केपी ओलीको राजनीतिमा अधोगति सुुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफू हट्ने भएपछि सांसदलाई अपहरण गरी अस्पतालको आइसियुमा भर्ना गराएको दोष पनि ओलीमाथि नै लागेको छ ।
अझ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहानै राजीनामा दिएपछि उनी निकै तनावमा परेका छन् । आफ्ना विश्वास पात्र शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्नेछ । तर बैठकका एजेण्डा भने केही खुलाइएको छैन । मुख्यमन्त्री पोखरेल आजै काठमाडौं आउँदै छन् । प्रधानमन्त्री ओलीले नै उनलाई बोलाएका छन् ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै आएको छ । तर लुम्बिनी प्रदेशमा पहिरो गएपछि ओलीको पनि सातो गएको बुझिएको छ । लुम्बिनीमा पनि एमालेका दुई सांसदले ‘फ्लोर क्रस’ गर्ने सुइँको पाएपछि पोखरेलले हतारमा मुख्यमन्त्रीबाट राजीनामा दिएको खुलेको छ ।
माधव नेपाल पक्ष मुख्यमन्त्री पोखरेलको सत्ता टिकाउन इच्छुक देखिएको छैन । यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव परे पनि उनले भने एमालेकै चार सांसदहरुको ‘फ्लोर क्रस’ का कारण विश्वासको मत लिएका थिए । उनी माओवादी केन्द्रका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।