आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रधानमन्त्रीज्यू, हामी सक्दैनौं भनेर हात उठाउनु आपत्तिजनक छ : गगन थापा

प्रधानमन्त्रीज्यू, हामी सक्दैनौं भनेर हात उठाउनु आपत्तिजनक छ : गगन थापा

  • मिडिया डबली
  • शनिवार, बैशाख १८ २०७८

  • 6.2K
    SHARES

  • प्रधानमन्त्रीज्यू, हामी सक्दैनौं भनेर हात उठाउनु आपत्तिजनक छ : गगन थापा

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला सरकारले जनताको उपचार गर्न सक्दिनँ भनेर हात उठाउनु आपत्तिजनक रहेको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले कोरोना रोकथामको उपाय जानेकाहरूको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्ने बताए ।

    ‘प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौं, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्,’ नेता थापाले भने ।

    नेता थापाले लेखेका छन्, ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौं, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन । सबै पक्ष र आमनागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ । तर प्रधानमन्त्रीज्यू, यो लडाइँमा ‘हामी सक्दैनौं’ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ! आपत्तिजनक छ ! कठिन छ तर अझै हामीसँग उपलब्ध स्रोतसाधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ । त्यसका लागि उपाय जानेकाहरूको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ । प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौं, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend