काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा गएको भनेर कतिपय सञ्चारमाध्यममा सम्प्रेषण भएकोप्रति प्रेस सल्लाहकार सूर्य थापाले स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रेस सल्लाहकार थापाले तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक रहेको जनाएका छन् ।
तथ्य जाँच नै नगरी दुष्प्रचारमा संलग्न नहुन सल्लाहकार थापाले सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।
सल्लाहकार थापाले लेखेका छन्, ‘मिडियाको भ्रम प्रचार – कतिपय सञ्चारमाध्यमले नियोजित रुपमा प्रधानमन्त्री आइसोलेसनमा भनी तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक छ । भेरिफाई नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छु । मिडियाको आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा गलत हो ।’
केही दिनअघि बालुवाटारभित्रै मन्त्रिपरिषद् बैठक र नेकपा एमालेलेको बैठकमा सहभागी भएका नेताहरूमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।