काठमाडौं – स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना भएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
दाहाललाई उपचारका लागि मंगलवार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । दाहालमा सोडियमको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको थियो ।
प्रचण्डकी छोरी गंगा दाहालले बुधबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आमालाई २ दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसाबमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ । अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ ।’
प्रचण्डपत्नी सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छन् । उपचारका लागि उनलाई यसअघि अमेरिका, सिंगापुर, भारत समेत लगिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।