काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापाले अमेरिकी सरकारले गरिब राष्ट्रलाई ६ करोड डोज खोप दिने घोषणाको स्वागत गरेका छन् । विश्वव्यापी रूपमा खोप प्रदान अमेरिकी नीति स्वागतयोग्य भएको उनको भनाइ छ ।
नेता थापाले बुधबार बिहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै अमेरिकी सो घोषणाको लाभ नेपालले पनि लिनुपर्ने उनको सुझाव छ । त्यसका लागि उनले अमेरिकाका लागि नेपाली राजदूत र नेपालका लागि अमेरिकी दूतावासलाई पहल गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्– ‘अमेरिकी सरकारले करिब ६ करोड डोज बराबरको कोरोनाको खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भन्ने समाचार स्वागतयोग्य छ।अमेरिकी सहयोगले कोरोनाको पछिल्लो लहरले आक्रान्त पार्दै गरेको नेपाल लगायत दक्षिण एसियाका देशहरू लाभान्वित हुनेछन् भन्नेमा विश्वास राख्दछु । नेपाल सरकारले केही समय अगाडि खोपका लागि अमेरिकी सरकारलाई सहयोग अनुरोध गरेको भन्दा अहिले खोपको उपलब्धताको सन्दर्भमा अमेरिकाको परिस्थिति भिन्न भएको छ। त्यस्तो मा नेपाल सरकारले त्यस्तो सहयोग नेपाल भित्र्याउन सम्पूर्ण पहल तत्काल सुरु गर्न आवश्यक रहेको छ। मा. परराष्ट्रमन्त्रीज्यूलाई, अमेरिकाबाट खोप ल्याउने सन्दर्भमा सम्पूर्ण कूटनीतिक कौशल र ऊर्जा प्रयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु । युएस एम्बेसी नेपाल ले पनि यस विषयमा नेपालको अनुरोधलाई आफ्नो सरकारसम्म पुर्याउन आवश्यक पहलकदमी गर्छ भन्ने विश्वास लिएको छु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।