आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अब शंकर पोखरेलका दिनगन्ती सुरु, पढ्नुहोस् प्रेस विज्ञप्ति 

अब शंकर पोखरेलका दिनगन्ती सुरु, पढ्नुहोस् प्रेस विज्ञप्ति 

  • मिडिया डबली
  • मंगलवार, बैशाख १४ २०७८

  • 12.0K
    SHARES

  • अब शंकर पोखरेलका दिनगन्ती सुरु, पढ्नुहोस् प्रेस विज्ञप्ति 

    काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आगामी वैशाख १९ गते विशेष अधिवेशन आह्वान गरिएको छ ।

    सत्ता जोगाउन अनेक उपाय निकालिरहेपनि अब मुख्यमन्त्री पोखरेलको दिनगन्ती सुरु भएको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्ताव दर्तापछि दलहरूले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष समावेदन दिएका थिए । यसअघि गण्डकी प्रदेशमा समेत अविश्वासको प्रस्ताव दर्ता भएर प्रदेशसभामा विचाराधीन रहेको छ ।

    मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव दर्ता हुने संकेत पाएपछि हिउँदे अधिवेशन चैत २४ गते अन्त्य गरेका थिए । तर अब विशेष अधिवेशनबारे मुख्यमन्त्री पोखरेलबारे फैसला हुने भएको छ । 

    मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्ने गरी वैशाख १९ गते दिउँसो १ बजेका लागि प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन बैठक आह्वान गरेका छन् । 

    विशेष अधिवेशन आह्वान सम्बन्धी पत्र प्राप्त भइसकेको र सभामुखसँग छलफलपछि सूचना प्रकाशन गर्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । 

    ls.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend