आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महेश बस्नेतको गृहजिल्लामा एमालेभित्र विद्रोह, सचिवसहित दर्जनौं युवा कांग्रेसमा प्रवेश 

महेश बस्नेतको गृहजिल्लामा एमालेभित्र विद्रोह, सचिवसहित दर्जनौं युवा कांग्रेसमा प्रवेश 

  • मिडिया डबली
  • मंगलवार, बैशाख १४ २०७८

  • 8.9K
    SHARES

  • महेश बस्नेतको गृहजिल्लामा एमालेभित्र विद्रोह, सचिवसहित दर्जनौं युवा कांग्रेसमा प्रवेश 

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र नेता महेश बस्नेतको गृहजिल्ला भक्तपुरमा नेकपा एमालेभित्र विद्रोह भएको छ ।

    भक्तपुर जिल्लामा सत्तारुढ दल नेकपा एमालेका वडा सचिव भरत दुलालसहित दर्जनौं युवा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

    मंगलवार कांग्रेस पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नवप्रवेशीलाई पार्टी सदस्यता दिएर स्वागत गरेका छन् ।

    नेपाली कांग्रेस प्रवेश गर्नेमा चागुनारायण नगरपालिकाको ८ नम्बर वडाका एमालेका वडा सचिव दुलाल सहितका युवालाई पार्टीमा स्वागत गरिएको नेपाल तरुण दल भक्तपुरका सदस्य राजु पुरीले बताए ।

    भक्तपुर कांग्रेसका सभापति थापाले कम्युनिस्टबाट जनता दिक्क भएको दाबी समेत गरे । जनतालाई कांग्रेसले साथ दिने बताउँदै विकासका लागि कांग्रेसले जित्नुपर्ने बताएका छन् ।

    राजनीतिक स्थायित्व, समृद्धिको नारा दिएर कथित वाम गठबन्धनको नाममा नेकपा एमाले र माओवादी केन्द्रले जनतालाई झुक्याएर झण्डै दुईतिहाइको बहुमत ल्याएको बताएका उनले केपी ओली नै राजनीतिक अस्थिरता निम्त्याउन लागेको बताएका छन् । थापाले ओली र प्रचण्डहरुलाई समयमै सुध्रिन चेतावनी समेत दिएका छन् ।

    नवप्रवेशी दुलालले आफू नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा प्रवेश गर्न पाउँदा खुशी लागेको बताएका छन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि आफू सहितको नवप्रवेशी एमालेको टीम कहिले पनि विचलित नहुने दुलालले बताएका छन् ।

    कांग्रेसको लोकतान्त्रिक संस्कारप्रति भक्तपुर मात्र नभई देशभरका युवामा आकर्षण बढेर गएको उनले बताए । दुलालले कम्युनिस्ट पार्टी एमालेमा लागेर ठूलो भुल गरेको भन्दै पछुतो व्यक्त गरे ।

    झूटको खेती गर्ने कम्युनिस्टलाई जनताले राम्रोसँग चिनेको बताउँदै उनले दुईतिहाइ बहुमत पाउँदा समेत कम्युनिस्टहरु सरकार चलाउन असफल भएको बताएका छन् ।

    नवप्रवेशीलाई सभापति थापाका साथै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भँडेल, सचिव निशान ढुंगेल, क्षेत्र नम्बर १ का सभापति जीवन खत्री, क्षेत्रीय सचिव जनक खत्री, नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य उमेश खड्का लगायतका नेताहरुले स्वागत गरेका तरुण दलका नेता पुरीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend