काठमाडौं – अविश्वासको प्रस्ताव दर्ता भएर निर्णयार्थ पेश हुन लागेका बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको दल नेकपा एमालेले प्रदेशसभामा बखेडा झिकेको छ ।
एमालेका सांसदहरुले सबै सांसद र कर्मचारीको पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।
हिजो सोमबारको प्रदेशसभा बैठक पीसीआर परीक्षण विना नै सञ्चालन भएको थियो । आज मंगलबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश भएर गुरुङको सरकार ढल्ने सम्भावना छ ।
एमालेले कोरोना संक्रमण दर तीव्र रुपमा फैलिएकाले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गर्दै बैठक नै अवरुद्ध गरिदिएको छ ।
बैठक शुरु हुनासाथ एमालेका सांसदहरु उठेर संसद बैठक अवरुद्ध गरेका हुन् । कार्यसूची सबैको सर्वसहमतिमा भएकाले बैठकमा सहभागी हुन अनुरोध गरे पनि एमाले सांसदहरुले नयाँ बखेडा झिकेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेको जानकारी दिएका छन् ।
गण्डकीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा मिलेर मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावलाई राष्ट्रिय जनमोर्चाको समेत समर्थन रहने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।