सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक विशेष

कांग्रेसको निर्णयले माधव नेपाल खुसी, प्रचण्ड तनावमा

कांग्रेसको निर्णयले माधव नेपाल खुसी, प्रचण्ड तनावमा

  • मिडिया डबली
  • सोमवार, बैशाख १३ २०७८

  • 24.4K
    SHARES

  • कांग्रेसको निर्णयले माधव नेपाल खुसी, प्रचण्ड तनावमा

    काठमाडौं - नेपाली कांग्रेसले संख्या नपुगेसम्म प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता नगर्ने स्पष्ट पारेको छ ।

    सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको पदाधिकारी बैठकले तत्काल अघि नबढ्ने निष्कर्ष निकालेको हो । कांग्रेसको यो निर्णयपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल खुसी भएका छन् ।

    नेपाल हुनुको कारण भने तत्काल ओलीको कारबाहीबाट बच्नु हो । कांग्रेसको निर्णयपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकै तनावमा परेका छन् ।

    आफू चाहिँ ओलीलाई दिएको समर्थन फिर्ता नलिने तर कांग्रेसले पहल गरोस् भन्ने उनको अपेक्षा छ । तर, संसदमा कांग्रेससँग अविश्वासको प्रस्ताव पास हुने आवश्यक संख्या छैन ।

    कांग्रेस उपसभापति विमलेन्द्र निधिले ओलीविरुद्ध अविश्वासको प्रस्ताव पास गर्नका लागि आफूहरुसँग पर्याप्त संख्या नपुगेको बताएका छन् । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव नराख्ने निधिको भनाइ छ ।

    ‘प्रस्ताव फेल भयो भने त एक वर्षसम्म राख्न पाइँदैन । आफैं खाडलमा फसिन्छ,’ उनले भने, ‘हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं ।’ कांग्रेसको यो निर्णयले सबैभन्दा धेरै फाइदा प्रधानमन्त्री ओलीलाई भएको छ ।

    सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगन गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेको भन्दै सबै केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेपछि मात्र बैठक १५ गते बस्ने तय भएको हो । कांग्रेस नेताहरूको आजबाट स्वाव लिएर पिसिआर परीक्षण गर्न लागिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend