आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले बोलाए एमालेको आकस्मिक बैठक, के छ तयारी ?

केपी ओलीले बोलाए एमालेको आकस्मिक बैठक, के छ तयारी ?

  • मिडिया डबली
  • आइतवार, बैशाख १२ २०७८

  • 4.8K
    SHARES

  • केपी ओलीले बोलाए एमालेको आकस्मिक बैठक, के छ तयारी ?

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

    अध्यक्ष ओलीले आज आईतवार बिहान साढे १० बजेका बालुवाटारमा बस्ने गरी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका एक केन्द्रीय कमिटी सदस्यले बताएका छन् ।

    बैठकको जानकारी सहितको निम्तो गरिएको सन्देश सदस्यहरूलाई शनिवार राति ११ बजेतिर आएको जनाइएको छ ।

    नेता माधवकुमार नेपाल पक्षका संघ र प्रदेशका २७ सांसदहरूलाई ओलीले स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफ सांसदहरूले गत बिहीवार बुझाएका थिए । सोही परिवेशमा नेपाल पक्षका नेताहरूको जवाफलाई लिएर बैठक बोलाइएको जनाइएको छ ।

    ती आयोजक कमिटी सदस्यले भने, ‘बैठकमा नेपाल पक्षका सांसदहरूको जवाफ र सम्भवतः कारवाहीबारे छलफल केन्द्रित हुनेछ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend