आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौं ओर्लिने बित्तिकै माधव नेपाल सिधै बामदेव गौतमको अफिसमा, ओलीविरुद्ध एक हुँदै

काठमाडौं ओर्लिने बित्तिकै माधव नेपाल सिधै बामदेव गौतमको अफिसमा, ओलीविरुद्ध एक हुँदै

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १० २०७८

  • 8.3K
    SHARES

  • काठमाडौं ओर्लिने बित्तिकै माधव नेपाल सिधै बामदेव गौतमको अफिसमा, ओलीविरुद्ध एक हुँदै

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएका बेला नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमबीच पार्टीका विषयमा छलफल गर्न भेटवार्ता भएको छ ।

    आज शुक्रवार जनकपुरबाट काठमाडौं ओर्लिएलगत्तै नेता नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बामदेव गौतमको अफिस नागपोखरी पुगेका थिए । 

    बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले नेता गौतमले आफूसँग छलफल गर्न चाहेको बताएका थिए । अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त पार्न लागेको भन्दै नेता गौतमले आफूसँग छलफल गर्न चाहेको नेता नेपालले बताएका थिए ।

    बिहीबार साँझ नेता गौतम र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । नेता गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले नागपोखरीस्थित हरिस गौतमको कार्यालयमा २ नेताबीच कुराकानी भएको बताए ।

    बिहीवार साँझ बालुवाटारमा अध्यक्ष ओलीसँग डिनर मिटिङ गरेका नेता गौतम बिच्किएपछि नेपाल निकट पुगेका छन् । यसअघि गौतम एमालेका दुवै समूहमा नलागी एमाले राष्ट्रिय एकता अभियान चलाएर तेस्रोधारमा लागेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend