आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटारभित्रै यी महिलाले गरिन् विद्रोह, निरु पाल ट्वा !

बालुवाटारभित्रै यी महिलाले गरिन् विद्रोह, निरु पाल ट्वा !

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १० २०७८

  • 8.3K
    SHARES

  • बालुवाटारभित्रै यी महिलाले गरिन् विद्रोह, निरु पाल ट्वा !

    काठमाडौं – नेकपा एमाले गुटगत विवाद चर्किएर पार्टी फुटको संघारमा पुगेको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शुक्रबार बालुवाटारमा गरेको महाधिवेशन आयोजक कमिटीको बैठकमै विद्रोह भएको छ ।

    एमाले नेत्री भगवती चौधरी पार्टी बैठकको बीचमा नै विद्रोह गरेर बालुवाटार बाहिर निस्किएकी हुन् । पार्टीको सुनसरी जिल्लाको इन्चार्जमा दाबी गरेकी चौधरीको स्थानमा अध्यक्ष ओलीले जगदीश कुशवाहालाई इन्चार्ज बनाएएपछि असन्तुष्ट बनेकी उनले बैठक चलिरहेकै बेला बालुवाटारबाट विद्रोह गरेकी हुन् ।

    पहिलोपल्ट बैठकबाट बाहिरिएपछि सांसद निरु पाल लगायत नेताहरूले सम्झाइबुझाइ गरेर पुनः बैठकमा लगे पनि उनी फेरि रिसाएर बाहिरिएकी थिइन् । बालुवाटारभित्रै महिला नेत्रीको विद्रोह रोक्न नसकेपछि सांसद पाल ट्वा परेकी प्रत्यक्षदर्शीले जनाएका छन् ।

    बैठकबाट बाहिरिने क्रममा चौधरीले अब जे–जे गर्छन्, केपी ओलीले नै गर्छन् भनेर संक्षिप्त प्रतिक्रिया दिएकी थिइन् । नेत्री भगवती चौधरी गत चुनावमा विजयकुमार गच्छदारसँग हारेकी थिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend