आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधवसँग कुरा नमिलेपछि ओली पक्षीय एमालेको बैठक बस्दै, कारवाहीको निर्णय होला ?

माधवसँग कुरा नमिलेपछि ओली पक्षीय एमालेको बैठक बस्दै, कारवाहीको निर्णय होला ?

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १० २०७८

  • 4.2K
    SHARES

  • माधवसँग कुरा नमिलेपछि ओली पक्षीय एमालेको बैठक बस्दै, कारवाहीको निर्णय होला ?
    फाइल तस्वीर

    काठमाडौं – विवाद समाधानका लागि नेता माधवकुमार नेपालसँग २ दिनसम्म चलेको वार्ता र छलफलमा कुरा नमिलेपछि आज शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ ।

    बैठक आज शुक्रवार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

    प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गर्दै आएको नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । यसअघिको बैठकले नेता नेपाल पक्षीय २७ नेतालाई स्पष्टीकरण सोध्दै पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको थियो । सोही चेतावनीका कारण आजको बैठकबाट नेताहरूलाई कारवाहीको निर्णय हुनसक्ने चर्चा समेत एमालेभित्र छ ।

    वैशाख ६ गते बसेको महाधिवेशन आयोजक कमिटीको बैठक समेत नेपाल पक्षले बहिष्कार गरेको थियो । बैठकले नेपाल पक्षीय २७ सांसदहरूलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    पार्टी अनुशासन विपरीत गुटबन्दी गरेको आरोप ओली पक्षले नेपाल पक्षलाई लगाउँदै आएको छ । कर्णाली प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएपछि ओली नेपाल पक्षप्रति रुष्ट रहेका छन् । बालुवाटार बैठकबाट फ्लोर क्रस गर्ने नेताहरूलाई कारबाहीको निर्णय हुनसक्ने बताइएको छ ।

    महाधिवेशन आयोजक कमिटीको बैठकअघि ओलीले नेता माधवकुमार नेपालसँग नक्सालस्थित मेरियट होटलमा २ दिनसम्म छलफल गरे तर छलफल निष्कर्षविहीन बनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend