आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मन्त्रिपरिषद् बैठक सकियो, के–के भयो छलफल ?

मन्त्रिपरिषद् बैठक सकियो, के–के भयो छलफल ?

  • मिडिया डबली
  • बिहिवार, बैशाख ९ २०७८

  • 13.7K
    SHARES

  • मन्त्रिपरिषद् बैठक सकियो, के–के भयो छलफल ?

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ ।

    बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएको मुद्दा फिर्ता लगायत विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

    सरकारले फिर्ता लिन मिल्ने मुद्दा महान्याधिवक्तामार्फत् फिर्ता लिनेबारे छलफल गरेको छ । सरकारले फिर्ता लिन नमिल्ने र अदालतमा विचाराधीन मुद्दामा सरकारले आवश्यक सहजीकरण गर्ने समेत जनाइएको छ ।

    ‘आजको बैठकमा जसपाका मागबारे राजनीतिक रूपमा छलफल भएको छ । सबै कानूनी प्रक्रिया पूरा गरेपछि निर्णय हुनेछ,’ एक मन्त्रीले भने । मधेश आन्दोलनका क्रममा भएको ज्यादतीबारे अध्यन गर्न गठित पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवदेन सार्वजनिक गरिने भएको छ ।

    जसपाले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई प्रतिष्ठाको विषय बनाएको थियो । सरकाले लामो समयदेखि प्रतिवेदन सार्वजनिक गरेको थिएन । सरकारले जसपाले राखेका माग आंशिक रूपमा भएपनि पूरा गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend