आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल पक्षले खोल्यो २ तले घरमा एमालेको छुट्टै कार्यालय

माधव नेपाल पक्षले खोल्यो २ तले घरमा एमालेको छुट्टै कार्यालय

  • मिडिया डबली
  • बिहिवार, बैशाख ९ २०७८

  • 34.2K
    SHARES

  • माधव नेपाल पक्षले खोल्यो २ तले घरमा एमालेको छुट्टै कार्यालय

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर समानान्तर गतिविधि सञ्चालन भइरहेका बेला माधवकुमार नेपाल पक्षले विराटनगरमा छुट्टै कार्यालय स्थापना गरेको छ ।

    नेता नेपाल पक्षले विराटनगरस्थित तीनपैनीमा २ तले घर भाडामा लिएर विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय सञ्चालनमा ल्याएको छ ।

    पार्टी कार्यालयको बिहीवार बिहान एमालेका सचिव तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले उद्घाटन गरेका छन् ।

    कार्यालयको उद्घाटन गर्दै इन्चार्ज आचार्यले पार्टी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भए पनि वार्ता सकारात्मक रुपमा अगाडि नबढेकाले समानान्तर कमिटी निर्माण गर्दै अघि बढेको जानकारी दिए ।

    नेता आचार्यले अहिले पनि आफूहरू पार्टी एकताको पक्षमा रहेको समेत उनले बताए । ‘हामी अहिले पनि पार्टी एकताको पक्षमा छौं,’ आचार्यले भने, ‘तर पार्टी अध्यक्ष ओली नै पार्टी एकताको पक्षमा देखिनुभएको छैन ।’

    इन्चार्ज आचार्यले नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेतालाई एकपछि अर्को कारवाहीको सिलसिला जारी राखेकाले ओली पार्टी एकताको पक्षमा नरहेको प्रस्ट भएको बताएका छन् ।  

    यसअघि चैत २८ गते नेपाल पक्षले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १७५ सदस्यीय महानगर कमिटी गठन गरिसकेको छ ।

    नेपाल पक्ष दुबै कमिटी गठन गरेको २ हप्तापछि महानगरपालिकामा छुट्टै कार्यालय खोलेको छ । नेपाल पक्षले जिल्ला र नगर समिति गठन भएसँगै वडा र टोलस्तरका कमिटी निर्माण गर्नुको साथै भातृ संगठनका समानान्तर कमिटी निर्माणमा पनि तीब्रता दिएको नेपाल पक्षका विराटनगर महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीले बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend