आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली र माधव नेपालबीच कुरा नमिलेपछि पार्टीको झगडा अब अदालतको जिम्मा !

ओली र माधव नेपालबीच कुरा नमिलेपछि पार्टीको झगडा अब अदालतको जिम्मा !

  • मिडिया डबली
  • बिहिवार, बैशाख ९ २०७८

  • 4.8K
    SHARES

  • ओली र माधव नेपालबीच कुरा नमिलेपछि पार्टीको झगडा अब अदालतको जिम्मा !

    काठमाडौं – नेकपा एमालेभित्र चर्किएको विवाद समाधानका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेपनि सहमति हुन सकेको छैन । भेटबाट सहमति नभएपछि अब एमाले विवाद सर्वाेच्च अदालत पुगेको छ ।

    कारवाही प्रक्रिया अन्तर्गत २७ जना सांसदलाई अध्यक्ष ओलीले ३ दिने स्पष्टीकरण सोधेपछि एमालेको माधव नेपाल समूहले सर्वोच्च अदालतसमक्ष गुहार मागेको छ ।

    ओलीले सोधेको स्पष्टीकरण अनुचित भएकाले कारवाही रोक्न भन्दै नेपाल समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । बुधबार निवेदन दिइएको भएपनि बिहीबार अदालतमा दर्ता गरिएको छ ।

    ओलीको अध्यक्षतामा सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको निर्णय अनुसार नेपाल समूहका सांसदलाई सांसद पदबाट किन कारवाही नगर्ने भन्दै मंगलबार स्पष्टीकरणपत्र पठाइएको छ ।

    संविधान, कानून र पार्टी विधानविपरीत जननिर्वाचित सांसदमाथि कारवाही गर्न लागिएकाले रोकिपाउँ भन्दै नेपाल समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । 

    रिटको पेशी आईतबारका लागि तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले बताएका छन् ।

    यस्तो छ रिट निवेदन –

    1.jpg2.jpg3.jpg4.jpg5.jpg6.jpg7.jpg8.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend