काठमाडौं – पार्टीभित्र विवाद चर्किएका बेला नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबारको भेटवार्ता पूरा भएको छ ।
सार्वजनिक रूपमा चलिरहेको विवादबीच डेढ महिना लामो संवादहीनता तोडेर बुधवार दुवै नेताबीच कुराकानी भएको थियो । त्यसकै निरन्तरता स्वरूप आज बिहीबार पनि दुबै नेताबीच मेरियट होटलमै डेढ घण्टा लामो छलफल भयो ।
ओलीसँगको भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका नेता नेपालले कुराकानीमा कुनै प्रगति नभएको जनाएका छन् । बुधबार भने नेता नेपालले कुनै प्रतिक्रिया दिएका थिएनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।