काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर फुटको संघारमा पुगेका बेला नयाँ ट्वीस्ट देखिएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र निलम्बित नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
काठमाडौंको नागपोखरीस्थित होटल मारियटमा अर्थमन्त्री विष्णु पौडेल सहितको सहभागितामा दुबै नेताबीच भेट भइरहेको छ ।
आज बुधबार मात्र नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएपछि दुबै नेताबीच भेटवार्ता भइरहेको छ ।
विवाद बढिरहेका बेला दुबै शीर्ष नेताबीच बालुवाटारबाहिर भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेता नेपालले बालुवाटारमा भेट्न नआउने स्पष्ट पारेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।