आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले नेताहरूको आकस्मिक बैठकबाट यस्तो निर्णय, अब पार्टी कता जाला ?

एमाले नेताहरूको आकस्मिक बैठकबाट यस्तो निर्णय, अब पार्टी कता जाला ?

  • मिडिया डबली
  • मंगलवार, बैशाख ७ २०७८

  • 27.1K
    SHARES

  • एमाले नेताहरूको आकस्मिक बैठकबाट यस्तो निर्णय, अब पार्टी कता जाला ?

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेता माधवकुमार नेपाल लगायत ३२ जनालाई स्पष्टीकरण सोधेर सांसद पद नै बर्खास्त गर्ने प्रक्रिया अगाडि बढाएका बेला बसेको नेताहरूको आकस्मिक बैठकले पार्टी विभाजन नगर्ने निर्णय गरेको छ ।

    पार्टीले सोधेको स्पष्टीकरण दिने तर पार्टी विभाजन नगर्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    अध्यक्ष ओलीले सांसद पद नै बर्खास्त गर्ने योजनासहित पार्टीका ३२ नेतालाई स्पष्टीकरण सोधेपछि आकस्मिक बैठक बोलाइएको हो । बैठकले तोकिएकै समयमा सबैले स्पष्टीकरण दिने समझदारी गरेको छ ।

    नयाँ बानेश्वरस्थित अर्याल होटेलमा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो । 

    कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसद र ५ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ ।

    नेपाली कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहँदा नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्न सक्ने भन्दै एमालेले २७ सांसदलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षले यसअघि कर्णाली प्रदेशमा फ्लोर क्रस गरिसकेको छ ।

    नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले नेपाल पक्षका सांसदलाई स्पष्टीकरण पत्र पठाइसकिएको बताएका छन् ।

    स्पष्टीकरण पत्रमा ‘तपाईलाई संघीय संसद् सदस्यबाट किन नहटाउने ?’ भनेर सोधिएकाले एमालेभित्र खैलाबैला मच्चिएको छ ।

    स्पष्टीकरण सोधिएका नेताहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, झपट रावल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, भवानी खापुङ, नारायण खतिवडा, रामकुमारी झाँक्री, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, पुष्पाकुमारी कर्ण कायस्थ, निरादेवी जैरु, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरलाकुमारी यादव, कृष्णलाल महर्जन रहेका छन् ।

    हिजो सोमवार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित ४ जना र फ्लोर क्रस गर्ने ४ सांसदलाई अन्तिम चेतावनियुक्त स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ ।

    अध्यक्ष ओलीले विपक्षी नेताहरूलाई स्पष्टीकरण सोध्दै कारवाही गरिराख्ने र नेपाल पक्षले स्पष्टीकरण दिँदै कारवाही भोगिरहने अवस्थामा अब नेकपा एमाले कता जाला ? हेर्न बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend