आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एकैपल्ट एमालेका ३२ सांसद बर्खास्त ! माधव नेपाललाई ठूलो धक्का

एकैपल्ट एमालेका ३२ सांसद बर्खास्त ! माधव नेपाललाई ठूलो धक्का

  • मिडिया डबली
  • मंगलवार, बैशाख ७ २०७८

  • 7.4K
    SHARES

  • एकैपल्ट एमालेका ३२ सांसद बर्खास्त ! माधव नेपाललाई ठूलो धक्का

    काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि झस्किएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका ३२ सांसदलाई एकैपल्ट बर्खास्त गर्ने तयारी थालेका छन् ।

    कर्णालीको अभ्यास संघीय संसदमा समेत हुनसक्ने खतरालाई देखेर अध्यक्ष ओलीले नेपाल पक्षका सांसदलाई कारवाही गर्नुअघि स्पष्टीकरण सोध्ने भएका छन् । सोमबार बसेको पार्टी महाधिवेशन आयोजक कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ ।

    एमालेले संघीय संसदका २७ जना र कर्णाली प्रदेशका ५ जनासहित ३२ जना सांसदलाई एकैपल्ट सांसद पदबाट हटाउने भएको छ ।

    कारवाहीअघि स्पष्टीकरण सोधिने नेताहरूलाई आज मंगलबार पत्र बुझाइने स्रोतले जनाएको छ । नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई २ दिनभित्र तथा अन्य सांसदलाई ३ दिनमा स्पष्टीकरण दिने निर्देश गरिने स्रोतले जनाएको छ ।

    स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएमा बैशाख १० गतेको केन्द्रीय कमिटीको बैठकबाट पार्टीको साधारण सदस्य र सांसद पदबाट नै बर्खास्त गरिने भएको छ ।

    कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न उक्साएको आरोप नेता नेपाल लगायतमाथि लगाइएको छ ।

    यी हुन् कारवाहीमा पर्न लागेका सांसदहरू –

    १) माधवकुमार नेपाल
    २) भीम रावल
    ३) सुरेन्द्र पाण्डे
    ४) घनश्याम भुसाल
    ५) झलनाथ खनाल 
    ६) मेटमणि चौधरी
    ७) यज्ञराज सुनुवार
    ८) पवित्रा निरौला
    ९) जीवनराम श्रेष्ठ
    १०) झपट रावल
    ११) विरोध खतिवडा
    १२) जयकुमार राई
    १३) भवानी खापुङ
    १४) नारायण खतिवडा
    १५) सोमप्रसाद पाण्डे
    १६) योगेशकुमार भट्टराई
    १७) दिपकप्रकाश भट्ट
    १८) गणेश पहाडी 
    १९) हिराचन्द्र केसी
    २०) पुष्पाकुमारी कर्ण कायस्थ
    २१) कृष्णलाल महर्जन 
    २२) लक्ष्मीकुमारी चौधरी
    २३) सरलाकुमारी यादव
    २४) कल्याणी खड्का
    २५) निरादेवी जैरु
    २६) मुकुन्द नेउपाने
    २७) रामकुमारी झाक्री
    २८) प्रकाश ज्वाला
    २९) नन्दसिंह बुढा
    ३०) कुर्मराज शाही
    ३१) अम्बरबहादुर थापा
    ३२) देवी ओली

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend