सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस बैठकले गर्‍यो यस्तो निर्णय, केपी ओलीलाई धक्का !

कांग्रेस बैठकले गर्‍यो यस्तो निर्णय, केपी ओलीलाई धक्का !

  • मिडिया डबली
  • सोमवार, बैशाख ६ २०७८

  • 8.8K
    SHARES

  • कांग्रेस बैठकले गर्‍यो यस्तो निर्णय, केपी ओलीलाई धक्का !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा अधिवेशनलाई आकस्मिक स्थगन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति आपत्ति जनाएको छ ।

    संसद अधिवेशन अन्त्य भएकै दिन बसेको कांग्रेसको बैठकले आपत्ति जनाउने निर्णय गरेपछि प्रधानमन्त्री ओलीलाई राजनीतिक धक्का लागेको छ ।

    सोमवार साँझ पार्टी कार्यालय सानेपामा बसेको पार्टी बैठकले संसद अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गरेको छ ।

    बैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौ महत्त्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्दति बर्खिलाप रहेको ठहर नेपाली कांग्रेसको बैठकले गरेको छ ।

    नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारी प्रवृत्तिको घोर भर्त्सना समेत गरेको छ । कांग्रेसले कोरोनाबाट जनताको सुरक्षा विशेष कार्ययोजना तत्काल निर्माण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

    कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग कांग्रेसले माग गरेको छ ।

    विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रूपले आयात गरेर हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षाको व्यापक र द्रूत अभियान सञ्चालन गर्न बैठकले सरकारसमक्ष जोडदार माग गरेको छ ।

    कोरोनाबाट जोगिन सतर्कताका साथ सुरक्षाका रणनीतिहरू अनिवार्य रूपले पालना गर्न आम नागरिकलाई समेत अपिल गर्ने निर्णय कांग्रेस बैठकले गरेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend