आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालसहित नेतालाई झन् ठूलो कारवाहीको ‘प्लान’ बालुवाटारबाट बाहिरियो

माधव नेपालसहित नेतालाई झन् ठूलो कारवाहीको ‘प्लान’ बालुवाटारबाट बाहिरियो

  • मिडिया डबली
  • सोमवार, बैशाख ६ २०७८

  • 5.4K
    SHARES

  • माधव नेपालसहित नेतालाई झन् ठूलो कारवाहीको ‘प्लान’ बालुवाटारबाट बाहिरियो

    काठमाडौं – नेकपा एमालेभित्र अन्तद्र्वन्द्व चर्किरहेका बेला निलम्बन गरिएका नेता माधवकुमार नेपालसहित नेतालाई झन् ठूलो कारवाही गर्ने प्रक्रिया बालुवाटारबाट अगाडि बढाइएको छ ।

    कर्णाली प्रदेशमा पार्टीको निर्णय विपरीत ‘फ्लोर क्रस’ गर्न लगाएको आरोपमा नेता नेपाल सहितलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको कारवाहीको तयारी गरिएको हो । यसअघि ६ महिनाका लागि निलम्बन मात्रै गरिएको थियो ।

    नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेता नेपाल सहितलाई अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वास मतको प्रस्तावको विपक्षमा मतदान गर्ने एमालेले गरेको भए पनि निर्णय विपरीत ४ जनाले शाहीको पक्षमा मतदान गरेका थिए ।

    कर्णाली प्रदेशको प्रकरण विषयमा छलफल गर्न बसेको सोमबारको बैठकले ‘फ्लोर क्रस’ गर्न लगाउने नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला लगायतलाई २ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ ।

    स्पष्टीकरण सोधेर सफाइ पेश गर्ने मौका दिइएको छ भने आगामी १० गतेका लागि तोकिएको बैठकमा नेताहरुलाई कारवाही गर्ने तयारी ओली पक्षले गरेको छ ।

    नेकपा एमाले बैठक वैशाख १० गते फेरि बस्ने गरी स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको थियो ।

    बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय गरेको छ । बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने जनाइएको छ । 

    तत्कालीन नेकपा विभाजनको बेला अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य मनोनित भएका सबै केन्द्रीय सदस्यहरु नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने निर्णय समेत गरिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको सोमवार बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend