आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेललाई अर्काे झड्का, २ मन्त्रीले अकस्मात दिए राजीनामा

शंकर पोखरेललाई अर्काे झड्का, २ मन्त्रीले अकस्मात दिए राजीनामा

  • मिडिया डबली
  • सोमवार, बैशाख ६ २०७८

  • 15.2K
    SHARES

  • शंकर पोखरेललाई अर्काे झड्का, २ मन्त्रीले अकस्मात दिए राजीनामा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मुख्यमन्त्री शंकर पोखरेललाई अर्काे झड्का लागेको छ ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन सोमबार २ मन्त्रीले राजीनामा दिएका छन् ।

    प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएर शंकर पोखरेलको साथ छाडेका छन् ।

    राजीनामा दिएका दुबै जना नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका थिए । राजीनामा दिएका केसीलाई माओवादी र नेपाली कांग्रेसको विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध आज सोमबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

    माओवादी केन्द्र, कांग्रेस र जसपा गरी ३ दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कूलप्रसाद केसीलाई प्रस्ताव गरेका छन् ।

    अविश्वासको प्रस्ताव पारित भएमा मुख्यमन्त्री पोखरेलको सरकार ढल्नेछ भने नेपाली कांग्रेस समेत सरकारमा सहभागी हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend