काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद अधिवेशन अन्त्य गरेकी छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् । भोलि मंगलवार संसद बैठक तय रहेको अवस्थामा अधिवेशन अन्त्य गरिएको हो ।
राष्ट्रपति भण्डारीले आज सोमवार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी छन् । यसअघि सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सभामुख अग्नि सापकोटालाई पत्र पठाउँदै राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरिएको जानकारी दिएकी छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।