काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसको महाधिवेशन सर्र्ने कुरा उठ्नु दुर्भाग्य भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै नेता कोइरालाले महाधिवेशन कांग्रेस पार्टीको भएकाले अरुको अमूर्त स्वार्थ स्वीकार्य नहुने बताए ।
कोइरालाले लेखेका छन्, ‘प्रधानमन्त्रीको सरकारी निवासमा भएको सर्वदलीय बैठकमा विपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य हो । महाधिवेशन कांग्रेस पार्टीले गर्ने हो, यसमा कसैको अमुर्त स्वार्थ स्वीकार्य हुँदैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।